जिल्लाको परिचय
बझाङ जिल्ला सुदूर पश्चिमाचल विकास क्षेत्र अन्तरगत सेती अंचलको एक हिमाली जिल्ला हो । यस जिल्लाको सदरमुकाम चैनपुर ज न पा मा अवस्थित छ । जिल्लाको पूर्बमा बाजुरा र हुम्ला जिल्ला ,पश्चिममा बैतडी र ,दार्चुला ,दक्षिणमा अछाम र डोटी, उत्तरमा चिनको स्वसासित प्रदेश तिब्बत्त पर्दछ । यो जिल्ला २९ ं २२ देखि ३० ं ९ उत्तरी अक्षास र ८० ं ४६ देखि ८१ ं ३४ मिनट पुर्बी देशन्तरमा फैलिएको छ । यस जिल्लाको क्षेत्रफल ३४४९ बर्ग किलो मिटर रहेको छ ।जिल्लाको धरातलीय उचाई समुद्री सतहबाट ९१५ मिटर देखि आकासिदै सेतीको सागरमाथा मान्न सकिने बझा·को सिर सैपाल हिमाल ७०३७ मिटर उचाई सम्म बिस्तारित देखिन्छ । जिल्लाको उत्तरी भेगमा झ्या्उ, काई , काडेदार विरुवा पाईन्छन भने जनँवारहरुमा कस्तुरी मिर्ग ,डांफे , सेतो भालु , आदि पाईन्छन । जडिबुबटीहरुमा यार्चागुम्बा , हत्ताजडि , सतुवा , कटुकी ,बोजो ,सजाईनो ,गुरजो आदि छन । जिल्लाका प्रमुख बनस्पतिको रुपमा बाज ,गुरांस , उतिस , लौउट,सल्लो , निगालो रहेका छन । प्रमुख नदी नालाहरुमा सेती नदी ,तारुगाड,
थप हेर्नुहोस