Need Help ?
Call: +977- 092421056

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय बझाङ

जिल्लाको परिचय

बझाङ जिल्ला सुदूर पश्चिमाचल विकास क्षेत्र अन्तरगत सेती अंचलको एक हिमाली जिल्ला हो । यस जिल्लाको सदरमुकाम चैनपुर  ज न पा मा  अवस्थित छ । जिल्लाको पूर्बमा बाजुरा र हुम्ला जिल्ला ,पश्चिममा बैतडी र ,दार्चुला ,दक्षिणमा अछाम र डोटी, उत्तरमा चिनको स्वसासित प्रदेश तिब्बत्त पर्दछ । यो जिल्ला २९ ं २२ देखि ३० ं ९ उत्तरी अक्षास र ८० ं ४६  देखि ८१ ं ३४ मिनट पुर्बी देशन्तरमा फैलिएको छ  । यस जिल्लाको क्षेत्रफल ३४४९ बर्ग किलो मिटर रहेको छ ।जिल्लाको धरातलीय उचाई समुद्री सतहबाट ९१५ मिटर देखि आकासिदै सेतीको सागरमाथा मान्न सकिने बझा·को सिर सैपाल हिमाल ७०३७ मिटर उचाई सम्म बिस्तारित देखिन्छ । जिल्लाको उत्तरी भेगमा झ्या्उ, काई , काडेदार विरुवा पाईन्छन भने जनँवारहरुमा कस्तुरी मिर्ग ,डांफे , सेतो भालु , आदि पाईन्छन । जडिबुबटीहरुमा यार्चागुम्बा , हत्ताजडि , सतुवा , कटुकी ,बोजो ,सजाईनो ,गुरजो आदि छन । जिल्लाका प्रमुख बनस्पतिको रुपमा बाज ,गुरांस , उतिस , लौउट,सल्लो , निगालो रहेका छन । प्रमुख नदी नालाहरुमा सेती नदी ,तारुगाड, बाउलीगाड , कालंगा , सुनीगाड ,तलकोटी गाड आदि हुन । यस जिल्लालाई राजनैतिक बिभाजनको हिसाबले हेर्दा ४७ वटा गा.वि.स., ११ वटा ईलाका तथा २ वटा निर्बाचन क्षेत्र  २ वटा नगरपालीका र १० वटा गाउपालीका रहेका छन ।  जिल्लाका शैक्षिक क्षेत्रलाई निरीक्षण तथा अनुगमन सजिलो होस भन्ने हेतुले १३ वटा श्रोतकेन्द्रमा विभाजन समेत गरिएको छ । यस जिल्लामा आर्थिक रुपले सक्रिय जनसंख्याको प्रतिशत हेर्दा महिलाहरु २०.८० र पुरुषहरु ७०.२० प्रतिशत रहेको पाईन्छ  । यहा“को सरदर आयु ६० बर्ष रहेको छ ।जिल्लाको औसत प्रजनन दर १.८५ रहेको छ जिल्ला सदरमुकाम चैनपुर को सिमखेत सम्म यातायातको व्यवस्था सुचारुपले संचालन भएको छ । जिल्लाको मुख्य पर्यटकीय स्थलको रुपमा खप्तड राष्ट्रिय निकुन्ज , साईपाल हिमाल तथा सुर्माताल प्रमुख  रहेका छन । २०६८ सालको Cences अनुसार जिल्लाको साक्षरता स्थिति लाई हेर्दा जम्मा साक्षरता प्रतिशत ५५.५० रहेकोमा महिला ४०.१२ र पुरुष ७२.९९ प्रतिशत रहेको देखिन्छ ।जिल्लाको परिचय

बझाङ जिल्ला सुदूर पश्चिमाचल विकास क्षेत्र अन्तरगत सेती अंचलको एक हिमाली जिल्ला हो । यस जिल्लाको सदरमुकाम चैनपुर गा.बि.स.१ मा अवस्थित छ । जिल्लाको पूर्बमा बाजुरा र हुम्ला जिल्ला ,पश्चिममा बैतडी र ,दार्चुला ,दक्षिणमा अछाम र डोटी, उत्तरमा चिनको स्वसासित प्रदेश तिब्बत्त पर्दछ । यो जिल्ला २९ ं २२ देखि ३० ं ९ उत्तरी अक्षास र ८० ं ४६  देखि ८१ ं ३४ मिनट पुर्बी देशन्तरमा फैलिएको छ  । यस जिल्लाको क्षेत्रफल ३४४९ बर्ग किलो मिटर रहेको छ ।जिल्लाको धरातलीय उचाई समुद्री सतहबाट ९१५ मिटर देखि आकासिदै सेतीको सागरमाथा मान्न सकिने बझा·को सिर सैपाल हिमाल ७०३७ मिटर उचाई सम्म बिस्तारित देखिन्छ । जिल्लाको उत्तरी भेगमा झ्या्उ, काई , काडेदार विरुवा पाईन्छन भने जनँवारहरुमा कस्तुरी मिर्ग ,डांफे , सेतो भालु , आदि पाईन्छन । जडिबुबटीहरुमा यार्चागुम्बा , हत्ताजडि , सतुवा , कटुकी ,बोजो ,सजाईनो ,गुरजो आदि छन । जिल्लाका प्रमुख बनस्पतिको रुपमा बाज ,गुरांस , उतिस , लौउट,सल्लो , निगालो रहेका छन । प्रमुख नदी नालाहरुमा सेती नदी ,तारुगाड, बाउलीगाड , कालंगा , सुनीगाड ,तलकोटी गाड आदि हुन । यस जिल्लालाई राजनैतिक बिभाजनको हिसाबले हेर्दा ४७ वटा गा.वि.स., ११ वटा ईलाका तथा २ वटा निर्बाचन क्षेत्र र जिल्लाका शैक्षिक क्षेत्रलाई निरीक्षण तथा अनुगमन सजिलो होस भन्ने हेतुले १३ वटा श्रोतकेन्द्रमा विभाजन समेत गरिएको छ । यस जिल्लामा आर्थिक रुपले सक्रिय जनसंख्याको प्रतिशत हेर्दा महिलाहरु २०.८० र पुरुषहरु ७०.२० प्रतिशत रहेको पाईन्छ  । यहा“को सरदर आयु ६० बर्ष रहेको छ ।जिल्लाको औसत प्रजनन दर १.८५ रहेको छ जिल्ला सदरमुकाम चैनपुर को सिमखेत सम्म यातायातको व्यवस्था सुचारुपले संचालन भएको छ । जिल्लाको मुख्य पर्यटकीय स्थलको रुपमा खप्तड राष्ट्रिय निकुन्ज , साईपाल हिमाल तथा सुर्माताल प्रमुख  रहेका छन । २०६८ सालको Cences अनुसार जिल्लाको साक्षरता स्थिति लाई हेर्दा जम्मा साक्षरता प्रतिशत ५५.५० रहेकोमा महिला ४०.१२ र पुरुष ७२.९९ प्रतिशत रहेको देखिन्छ ।